मंगलवार, बैशाख ९,२०८२ 03:16:54
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 03:16:54
IME remit
Global IME Bank Limited

अल टाइम हाई पुगेको पाकिस्तान स्टक एक्सचेञ्जमा आगलागी, घटनापश्चात पनि बढ्यो बजार

Hyundai Nepal
अल टाइम हाई पुगेको पाकिस्तान स्टक एक्सचेञ्जमा आगलागी, घटनापश्चात पनि बढ्यो बजार
Nabil Bank Limited

काठमाण्डौ । पाकिस्तान स्टक एक्सचेञ्ज(पीएसएक्स)मा आगलागी भएको छ । कराँचीमा रहेको पीएसएक्सको भवनको चौथो तल्लामा सोमबार ठूलो आगलागी भएको हो ।  

उक्त आगलागीपश्चात सेयर कारोबार अल्पकालका लागि स्थगित गरिएको छ । उक्त भवनमा रहेका सबै ट्रेडरहरुलाई सुरक्षित रुपमा उद्धार गरिएको र हालसम्म  हताहतको कुनै पनि घटना नघटेको पाकिस्तानका स्थानिय मिडियाले जनाएका छन् ।  

पाकिस्तान स्कट एक्सचेञ्जका सीईओ फारुख खानले हाल आगो नियन्त्रणमा आईसकेको र कुनै पनि व्यक्ति आगोको चपेटामा नपरेको बताएका छन् । पीएसएक्सले सूचना जारी गर्दै १२.२५ सम्मका लागि कार्यालय बन्द गरिएको र कर्मचारीहरुलाई काममा फर्कन अनुमति दिइएको जनाएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आगलागीका कारण बिहानको १०.२५ बजेबाट कारोबार बन्द भएको थियो । कराँची लगायत पाकिस्तानका विभिन्न शहरहरुमा विगत केहि समयदेखि अत्यधिक गर्मीका कारण विद्युतीय उपकरण र वाईरिङ तातेको र आगलागीका घटनाहरु देखिएको पाकिस्तानका मिडियाले बताएका छन् ।  

पाकिस्तानको सेयर बजार विगत केहि समयदेखि निरन्तर वृद्धि भईरहेको छ । हालै मात्रै पीएसएक्स इन्डेक्स ८० हजार विन्दु पुगेको थियो । जुन हालसम्मकै उच्च हो । आगलागी पछि सुचारु भएको कारोबारमा पीएसएक्स इन्डेक्स ०.३ प्रतिशतले अर्थात २६० अंकले बढेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.