काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असार २० गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब ८७ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत असार १९ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ७० अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।
वाणिज्य बैंकहरुको निक्षेप पनि १६ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५६ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ । असार १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ४७ अर्ब रहेको थियो ।
असार २० गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलन बढेता पनि कर्जा प्रवाह भने स्थिर रहेको छ । असार २० गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ५२ अर्बबराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
सीडी रेसियो ७८.८० प्रतिशतबाट घटेर ७८.५९ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर पनि औषत विन्दु अर्थात ३ प्रतिशतभन्दा कम कायम भएको छ । असार १९ गते ३ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर घटेर २.९५ प्रतिशत कायम भएको छ ।