सोमबार, असार २,२०८२ 06:55:59
  • सोमबार, असार २,२०८२ 06:55:59
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप संकलन झण्डै ६४ खर्ब पुग्यो, अन्तरबैंक ब्याजदर ३%

Hyundai Nepal
बैंकिङ प्रणालीको निक्षेप संकलन झण्डै ६४ खर्ब पुग्यो, अन्तरबैंक ब्याजदर ३%
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप संकलन थुप्रने क्रम बढेको छ । बैंकिङ प्रणालीमा एकैदिन १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असार २१ गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब ९९ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत असार २० गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ८७ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  

एक दिनको अन्तरालमा वाणिज्य बैंकहरुको निक्षेप पनि ११ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । असार २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ६३ अर्ब रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्य वित्तीय संस्थाको निक्षेप पनि १ अर्बले बढेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलन बढेता पनि कर्जा प्रवाह भने निकै सुस्त रहेको छ । असार २१ गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ५३ अर्बबराबरको कर्जा प्रवाह भएको छ । असार २० गतेसम्म भने ५१ खर्ब ५२ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।      

सीडी रेसियो ७८.५९ प्रतिशतबाट घटेर ७८.४८ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर पनि औषत विन्दु अर्थात ३ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.