मंगलवार, बैशाख ९,२०८२ 12:26:53
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 12:26:53
IME remit
Global IME Bank Limited

संघीय संसदका सदस्यहरुलाई वित्तीय र बैंकिङ्ग साक्षरता शिक्षामा जोड्नुपर्छ-उपसभामुख राना

Hyundai Nepal
संघीय संसदका सदस्यहरुलाई वित्तीय र बैंकिङ्ग साक्षरता शिक्षामा जोड्नुपर्छ-उपसभामुख राना
Nabil Bank Limited

काठमाण्डौ। संघीय संसदका सदस्यहरुका लागि बुधबार बैंकिङ्ग साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। संघीय संसदको आयोजना र राष्ट्रिय बाणिज्य बैंक लगायतको सहकार्यमा प्रतिनिधीसभा र राष्ट्रिय सभाका सदस्यहरुका वित्तिय साक्षरता सञ्चालन गरिएको छ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उक्त अवसरमा बैकिङ्गलाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा मात्र नबुझि सबैका लागि वित्तीय साक्षरता बढाउनुपर्ने कुरामा जोड दिइएको थियो।

सानो उमेरदेखि नै वचत गराउने, भएको पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानीकम गर्ने, कर्जा लिंदा कर्जाको उपयोगिताको बारेमा सिकाउने, ऋण नतिर्दाको असर, त्यसको बारेमा ज्ञान दिने, रेमिट्यान्स सही तवरले भित्र्याउने, हुन्डी भनेको गलत हो भनेर सिकाउने लगायत कुराहरु सवैलाई जानकारी गराउन आवश्यक भएको कुरा उठाइएको थियो ।  

उक्त अवसरमा बोल्दै उपसभामुख इन्दिरा रानाले वित्तिय साक्षरतालाई अब उच्च माध्यामिक तहको शिक्षामा जोडेर लैजान आवश्यक छ भनिन्। 

उनले वित्तिय साक्षरताको कमीले भ्रष्टाचार नियन्त्रणको काम पनि कठिन भैरहेको बताउँदै वित्तिय कारोवार अनुशासित बनाउँदा त्यसले भ्रष्टचार र अनियमिततालाई बढवा दिनबाट रोक्ने धारणा राखिन्। 

उनले आर्थिक अनुशासन कायम गर्न कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता पनि औल्याइन्। 

प्रतिनिधी सभा सदस्य इश्वरबहादुर रिजालले बैंकहरुले नाफा मात्रै कमाउने नभइ वित्तीय साक्षरता बढाउने दायित्व पनि बहन गर्नुपर्ने धारणा राखे।

प्रतिनिधी सभा सदस्य रोशनी कार्कीले आन्तरिक ऋण बढी उठाउँदा ब्याजदर बढ्ने र त्यसले मुल्यबृद्धि बढाउने भन्दै चिन्ता ब्यक्त गरिन्। 

उनले सेयर बजारलाई नेपाल राष्ट्र बैंकले  दुश्मनको ब्यबहार नगरि मौद्रिक निति खोकुलो बनाउन सुझाब पनि दिइन्।

साँसद प्रेम सुवालले बसाँइसराईलाई ब्यबस्थित बनाउन नसक्दा बिकराल रुप आउन थालेको भन्दै जिल्ला भित्र मात्रै बसाँई सराई गर्न पाउने ब्यबस्था गर्न आवश्यक छ भनिन्। 

उनले बैंकहरुलाई जग्गा र सुनमा भन्दा उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह पनि गरे।

सो अवसरमा वित्तिय निति, मौद्रिक निति तथा अन्य आर्थिक मुद्दाहरुका बिषयमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल, व्यक्तिगत वित्तपोषण र बजेटिङका बिषयमा नेपाल बैकर्स संघका पूर्व अध्यक्ष भूवनकुमार दाहाल र बैकिङ र वित्तका बारेमा राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले प्रकाश पारेका थिए भने संघीय संसदका सचिवालय सचिव सुर्दशन खड्काले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए। 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.