सोमबार, असार २,२०८२ 12:23:29
  • सोमबार, असार २,२०८२ 12:23:29
Global IME Bank Limited

प्रचण्डले आजै सरकारी निवास छाड्ने, संसद बैठकपछि पत्रकार सम्मेलन गरी कांग्रेस-एमालेको भण्डाफोर गर्ने

Hyundai Nepal
प्रचण्डले आजै सरकारी निवास छाड्ने, संसद बैठकपछि पत्रकार सम्मेलन गरी कांग्रेस-एमालेको भण्डाफोर गर्ने
Nabil Bank Limited

काठमाण्डौ । विश्वासको मत लिने प्रयास असफल हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आजै बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।  

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी निजी निवास खुमलटार जाने भएका हुन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसअघि उनले पत्रकार सम्मेलन समेत आह्वान गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि दाहालले विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् ।  

पत्रकार सम्मेलनमा उनले आफ्ना कार्यकालमा भएका काम सुनाउनेछन् भने कांग्रेस र एमालेबीचको सहमतिको कडा विरोध गर्नेछन् ।  

सदनबाट विश्वासको मत नपाएपछि उनी पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा पुग्ने र त्यहाँ पत्रकार सम्मेलन हुने जनाइएको छ ।  

असार १७ गते नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने, दुईतिहाई बहुमतले संविधान संसोधन गर्ने र आलोपालो सरकार चलाउने लगायतको विषयमा समझदारी बनेसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको थियो । उनले आफू अल्पमतमा परेको १० दिनपछि विश्वासको मत लिन लागेका छन् । दुईतिहाई सांसदले उनको विरुद्धमा मतदान गर्नेछन् ।  

हाल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ । यी तीन दलबाहेक अरु कुनै पनि पार्टीले प्रचण्डको पक्षमा मतदान गर्ने भनेका छैनन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.