सोमबार, असार २,२०८२ 06:39:05
  • सोमबार, असार २,२०८२ 06:39:05
Global IME Bank Limited

एकैदिन २४ अर्बबराबरको निक्षेप संकलन, सीडी रेसियो ७७% मा झर्यो

Hyundai Nepal
एकैदिन २४ अर्बबराबरको निक्षेप संकलन, सीडी रेसियो ७७% मा झर्यो
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन २४ अर्बबराबरको निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा आँकडाअनुसार असार २५ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ५७ अर्ब पुगेको छ । गत असार २४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ३३ अर्बबराबरको निक्षेप थियो ।  

यसरी एकैदिनमा २४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि २३ अर्बले वृद्धि भएको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ । असार २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५ अर्ब रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्य वित्तीय संस्थाको निक्षेप पनि १ अर्बले बढेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा कर्जा प्रवाह भने घटेको छ । असार २५ गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ५६ अर्बबराबरको कर्जा प्रवाह भएको छ । असार २४ गतेसम्म भने ५१ खर्ब ५७ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।      

निक्षेप बढ्दै जादा र कर्जा प्रवाह सुस्त बन्दा सीडी रेसियो निरन्तर ओरालो लागिरहेको छ । सीडी रेसियो ७८.१३ प्रतिशतबाट घटेर ७७.८४ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर २.९८ प्रतिशत कायम छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.