सोमबार, असार २,२०८२ 12:28:03
  • सोमबार, असार २,२०८२ 12:28:03
Global IME Bank Limited

सरकार ढलेपछि प्रचण्ड पुगे शितल निवास

Hyundai Nepal
सरकार ढलेपछि प्रचण्ड पुगे शितल निवास
Nabil Bank Limited

काठमाण्डौ । संसदमा राखेको अविश्वासको मत अस्वीकृत भई सरकार ढलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) शितल निवास पुगेका छन् ।  

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रचण्ड संसद भवनबाट सोझै शितल निवास गएका हुन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

असार १८ गते पनि प्रचण्ड शितल निवासमा पुगेका थिए । त्यसबेला उनले राष्ट्रपति पौडेलसँग आफूले राजीनामा नदिने, संसद फेस गर्ने बताएका थिए । त्यस क्रममा प्रचण्डले राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका थिए । त्यसबेलाको छलफलमा राष्ट्रपति पौडेलले प्रचण्डको प्रस्तावमा ग्रिन सिग्नल दिएका स्रोतहरुले बताउने गरेका छन् । यहीकारण समेत संसदबाट विश्वासको मत फेल भएपछि प्रचण्ड शितल निवास पुगेका हुन् । प्रचण्ड हतार हतार शितल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  

प्रचण्ड र सिंगो माओवादी पंक्ति एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन नहोस् भन्नेमा जोडबल गरिरहेका छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठनका लागि आह्वान भए ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांगे्रस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।  

प्रचण्डले आज संसदमा विश्वासको मत लिन खोजेका थिए । तर, उनको पक्षमा ६३ मत मात्र पर्यो भने दुईतिहाई सांसदले उनको प्रस्तावको विपक्षमा मतदान गरे ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.