बुधबार, श्रावण १३,२०८३ 01:15:23
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 01:15:23
Bizshala
Global IME Bank Limited

अन्तरराष्ट्रिय चेन होटल नेपालबाट बाहिरिने अवस्थामा, सञ्चालकले भेटे अर्थमन्त्री

अन्तरराष्ट्रिय चेन होटल नेपालबाट बाहिरिने अवस्थामा, सञ्चालकले भेटे अर्थमन्त्री
New Office

काठमाण्डौ । नेपालमा संचालित अन्तरराष्ट्रिय चेन होटल संचालकहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनका कारण आफूहरु समस्यामा परेको बताएका छन् ।  

त्यस्ता होटल संचालकहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा भएको रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाका कारण अन्तराष्ट्रिय चेन होटलहरु नेपालबाट बाहिरिने अवस्थामा पुगेको बताएका हुन् । 

एक उच्चस्तरीय बैठकमा अन्तर्राष्ट्रिय होटल चेनका प्रतिनिधिहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी सो विषयमा जानकारी गराएका हुन् ।  

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई समितिका सभापति देशबन्धु वस्नेत, नेपालमा संचालित चेन होटलहरुका प्रतिनिधि अनिरुद्ध कुमार लगायतको सहभागिता थियो ।  

छलफलमा उनीहरुले अन्तरराष्ट्रिय होटल ब्रान्डहरू सामान्यतया रोयल्टी वा टेक्नोलोजी ट्रान्सफर शुल्कमा सञ्चालन हुन्छ भने र उनीहरुको उक्त लागत फिटाले निर्धारण गरेको ५ प्रतिशतभन्दा धेरै माथि हुने बताएका थिए । अहिले फिटामा भएको नियामक व्यवस्था र होटल उद्योग मापदण्डहरूबीचको बेमेलले नेपालमा विदेशी चेन होटलहरु ल्याउन ठूलो समस्या सिर्जना गरेको सो क्रममा गुनासो गरेका थिए ।  

अहिले नेपालमा रहेका अन्तरराष्ट्रिय चेन होटलहरुको कार्यसम्पादन समीक्षा गरी शुरु भएको र ती होटलहरुले पर्यटन क्षेत्रमा पुर्याएको योगदान, आर्थिक प्रभाव र विभिन्न सान्दर्भिक मेट्रिक्सका बारेमा राज्यकोतर्फबाट उचित सहयोग हुनुपर्ने माग राखेका छन् ।  

फिटामा भएको रोयल्टी सम्बन्धी व्यवस्थाले धेरैं जसो विदेशी ब्राण्ड नेपालमा आउन कठिन रहेको भन्दै यदि उक्त व्यवस्था रहिरहे नेपालमा संचालित विदेशी चेन समेत बाहिरिने सम्म अवस्थामा पुग्ने उनीहरुको चिन्ता थियो ।  

छलफलमा समितिका सभापति वस्नेतले नेपालमा विदेशी पर्यटक भित्र्याएर सोही अनुरुप विदेशी मुद्रा आर्जन गर्नका निमित्त समेत अन्तरराष्ट्रिय चेनलाई नेपालमा सहज रुपमा आउने वातावरण बनाउनुपर्ने बताएका थिए ।

‘अहिलेको अवस्थामा नेपाली पर्यटन क्षेत्रको ब्राण्डिङ गर्ने भनेकै अन्तरराष्ट्रिय चेन होटलले हुने,’ वस्नेतले भने, ‘उनीहरुले आफ्ना देशका नागरिकलाई नेपालमा भ्रमणका लागि ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्छन तर, फिटामा भएको रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाका कारण भएका अन्तरराष्ट्रिय चेन समेत बाहिरिने अवस्थामा पुगेका छन् ।’

 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.