काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शनबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले हस्ताक्षर गरेका थिए ।
उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकमा डिम्याट खाता खोली डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरु र आगामी दिनमा नयाँ डिम्याट खाता खोल्ने नयाँ ग्राहक महानुभावहरुलाई कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको केबुलबार चढ्दा १० प्रतिशत (शर्त लागु) विशेष छुट प्रदान गर्ने सहमति भएको जनाइएको छ ।
समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्नुको साथै कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखेका छन् । समारोहमा दुईवटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                