शुक्रबार, आश्विन १६,२०८३ 07:09:29
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 07:09:29
Bizshala
Global IME Bank Limited

एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीको सम्पत्ति सकिन ९३२ वर्ष ६ महिना लाग्ने

Bizshala
एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीको सम्पत्ति सकिन ९३२ वर्ष ६ महिना लाग्ने
New Office

काठमाण्डौ। मुकेश अम्बानी एसियाकै सबैभन्दा धनी व्यक्ति हुन्। उनी धेरै जसो आफ्नो सम्पत्तिका कारण चर्चामा आईरन्छन्। एक रिपोर्टका अनुसार रिलायन्स इन्डस्ट्रिज (आरआईएल) का अध्यक्ष समेत रहेका अम्बानीको जम्मा सम्पत्ति १२१ अर्ब अमेरिकी डलर रहेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जसमा अम्बानीले हरेक दिन भारतीय ३ करोड रुपैयाँ ९ नेपाली ४ करोड ८० लाख रुपैयाँ० खर्च गरे पनि उनको यो सम्पत्ति सकिन निकै समय लाग्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।  

कति सयम लाग्ला उनको यो सबै सम्पत्ति समाप्त हुन् ?

यदि अम्बानीले आफ्नो कुल सम्पत्तिबाट दैनिक ३ करोड भारतीय रुपैयाँ खर्च गरे वा दान गरे भने उनको सम्पूर्ण सम्पत्ति ३,४०,३७९ दिनमा समाप्त हुने एक रिपोर्टमा उल्लेख छ। वर्षमा ३६५ दिन हुन्छन्। ३,४०,३७९ दिनलाई वर्षमा परिणत गर्ने हो भने उनको सबै सम्पत्ति समाप्त हुन् ९३२ वर्ष ६ महिना लाग्ने छ।

जसको मतलब, यदि मुकेश अम्बानीले आफ्नो कुल सम्पत्तिबाट दैनिक ३ करोड भारतीय रुपैयाँ खर्च गर्छन् वा दान गर्छन् भने, उनको सबै सम्पत्ति समाप्त हुन शताब्दीयौं लाग्नेछ। ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार २०२४ मा अहिलेसम्म अम्बानीको सम्पत्ति १.९८ लाख करोड रुपैयाँले बढेको छ।

अम्बानी रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आइआइएल) को सीएमडी हुन्। उनी आफ्नो भव्य जीवनशैलीका लागि परिचित छन्। उनको घर एन्टिलिया संसारको सबैभन्दा महँगो निजी घर हो। 

आजकल मुकेश अम्बानी छोराको बिहेका कारण चर्चामा छन्। अनन्त अम्बानीले राधिका मर्चेन्टसँग जुलाई १२ मा मुम्बईमा विवाह गरेका थिए। यो विवाह भारतमा सबैभन्दा ठूलो र सबैभन्दा भव्य रूपमा विवाहहरू मध्ये एक थियो। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.