सोमबार, असार २,२०८२ 06:58:59
  • सोमबार, असार २,२०८२ 06:58:59
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप ६४.५७ खर्ब, निरन्तर घट्दै सीडी रेसियो

Hyundai Nepal
बैंकिङ प्रणालीको निक्षेप ६४.५७ खर्ब, निरन्तर घट्दै सीडी रेसियो
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा आँकडाअनुसार असार २६ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ५७ अर्ब रहेको छ । गत असार २५ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६४ खर्ब ५७ अर्बबराबरको निक्षेप थियो ।  

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन भने १ अर्बले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ । असार २५ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब २८ अर्ब रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्य वित्तीय संस्थाको निक्षेप भने १ अर्बले घटेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २९ अर्बबाट घटेर ७ खर्ब २८ अर्बमा सीमित बनेको छ । यो अवधिमा कर्जा प्रवाह भने घटेको छ । असार २६ गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ५० अर्बबराबरको कर्जा प्रवाह भएको छ । असार २५ गतेसम्म भने ५१ खर्ब ५६ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।      

सीडी रेसियो निरन्तर ओरालो लागिरहेको छ । सीडी रेसियो ७७.८४ प्रतिशतबाट घटेर ७७.७५ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर २.९८ प्रतिशत कायम छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.