मंगलवार, बैशाख ९,२०८२ 06:47:58
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 06:47:58
IME remit
Global IME Bank Limited

अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनलाई कसरी लिन्छन् लगानीकर्ता ? बजारको प्रतिक्रिया कस्तो रहला ?

Hyundai Nepal
अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनलाई कसरी लिन्छन् लगानीकर्ता ? बजारको प्रतिक्रिया कस्तो रहला ?
Nabil Bank Limited

-नरेन्द्र बिष्ट 

काठमाण्डौ। भनिन्छ बिहानीले दिनको अवस्थाका बारेमा संकेत गर्छ। आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। नयाँ सरकारको मन्त्रीमण्डलमा विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। यससँगै उनले ५ औं पटक अर्थ मन्त्रालय हाक्न लागेका हुन्। अर्थमन्त्री विष्णु पौडेल बन्ने हल्लाले विगत केहि दिनदेखि सेयर बजार निरन्तर वृद्धि भईरहेको थियो। तर आज औपचारिक रुपमा विष्णु पौडेलले कार्यभार सम्हालेको दिन भने सेयर बजारमा गिरावट आएको छ।  

सेयर लगानीकर्ताहरु एमालेका उपाध्यक्ष पौडेल अर्थमन्त्री बनेपछि उत्साहित भएका थिए। विगतमा पौडेल अर्थमन्त्री रहँदा सेयर बजारले राम्रो प्रतिक्रिया जनाएकाले पनि यसपाली पनि सेयर बजारमा हरियाली आउने अपेक्षा गरिएको थियो। तर आम अपेक्षा विपरीत आज सेयर बजारमा उत्साह देखिएन। फलस्वरुप आज बजारमा दोहोरो अंकको गिरावट आएको छ। अर्थमन्त्री बनेका पौडेललाई सेयर बजारले पूर्ण विश्वास गरेको र प्रत्येक पटक हरियो झण्डा देखाएका कारण लगानीकर्ताहरु खुसी भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन्।

उनले भने, ‘अर्थमन्त्रीमा बिष्णु पौडेल आउनुभएको छ। हामी एकदमै खुसी छौ। किनभने उहाँ सेयर बजारको काम गर्ने मन्त्री हुनुहुन्छ। यसअघि पनि उहाँ अर्थमन्त्री हुँदा धेरै कामहरु भएका छन्। अब त्यो भन्दा पनि बढी कामहरु हुनेमा हामी आशाबादी छौ। अब अर्थतन्त्रसँगै पूँजीबजार पनि बढ्नेमा ढुक्क छौं। किनभने प्रधानमन्त्री एमालेकै हुनुहुन्छ। राष्टबैंकको गभर्नर एमालेकै भएका कारण अब सेयर बजार सोचे जस्तै लयमा फर्किनेमा ढुक्क छौ।’  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उनले यसअघिको सरकारले पूँजीबजारप्रति खासै चासो नदिएको आरोप लगाउँदै भने,‘ यसअघि कुरा मात्रै भयो, काम भएन। यसअघिका अर्थमन्त्रीले काम गर्न सक्नुभएन्। पूँजी बजार अभिभावकविहीन बन्न पुग्यो। सबै लगानीकर्तालाई अभिभावकीय भूमिका महसुस गराउने अर्थमन्त्रीको खाँचो छ।’

यस्तै, नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा  पोखरेलले अहिलेका नयाँ लगानीकर्ताले खास गरी नीतिगत सुधार चाहेको बताइन्। लामो समयदेखि लगानीहरुकर्ताहरु राष्ट्र बैंकको चेपुवामा परेका र नवनियुक्त अर्थमन्त्री पौडेलको पहलमा आउने मौद्रिक नीतिमा जोखिमभार घट्ने र १५ २० करोडको क्याप हट्ने आफूहरुले मुख्य अपेक्षा राखेको बताइन्।  

विशेषगरी निवर्तमान अर्थमन्त्रीबाट पूँजी बजारको विकासका लागि असहयोग भएकै कारण बजारमा भने जस्तो रौनक आउन नसकेकोमा लगानीकर्ताहरुको एकमत छ। यस्तै,आफ्ना समस्या र गुनासाहरु लिएर अर्थमन्त्रीसमक्ष जाँदा पनि ती समस्याहरुलाई नसुन्ने र ध्यान नदिने प्रवृत्तिले सेयर बजार खस्केको उनीहरुको भनाइ छ।

यसअघि सरकारमा साना साना दलका प्रधानमन्त्री, अर्थमन्त्री हुँदा कामको तालमेल समेत नमिलेको र राष्टबैंकका गभर्नरबीच ट्यूनिङ नमिलेका कारण पूँजीबजारका लगानीकर्ताहरुले धेरै समस्या व्यहोर्नुपरेको उनीहरु बताउँछन्।  

यस्तो अवस्थामा अर्थमन्त्रालयको बागडोर सम्हालेका विष्णु पौडेलप्रति बजारले कस्तो प्रतिक्रिया जनाउला र सेयर बजारको विकास तथा यसमा देखिएका समस्या निराकरण गर्न उनले कस्तो अग्रसरता देखाउलान् भन्ने विषय लगानीकर्ता र सरोकारवाला सबैको प्रतिक्षाको विषय बनेको छ। 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.