सोमबार, असार २,२०८२ 03:08:28
  • सोमबार, असार २,२०८२ 03:08:28
Global IME Bank Limited

इन्फिनिटी लघुवित्त खुद नाफामा ६३.५५% को संकुचन, खुद ब्याज आम्दानी पनि १६.४१% ले घट्यो

Hyundai Nepal
इन्फिनिटी लघुवित्त खुद नाफामा ६३.५५% को संकुचन, खुद ब्याज आम्दानी पनि १६.४१% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

जसअनुसार समीक्षा अवधिसम्म संस्थाको खुद मुनाफामा गिरावट आएको छ । संस्थाले यो अवधिसम्म १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६३.५५ प्रतिशतले कम हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

त्यस्तै संस्थाको खुद ब्याज आम्दानीमा पनि १६.४१ प्रतिशतको कमी आएको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म ३८ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी घटेर ३२ करोड २९ लाख रुपैयामा सीमित भएको छ ।  

संस्थाको सञ्चालन मुनाफा पनि ६३.५४ प्रतिशतले घटेको छ । संस्थाको सञ्चालन मुनाफा २ करोड १४ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात भने स्थिर रहेको छ । संस्थाको खराब कर्जा अनुपात ४.९५ प्रतिशत छ ।  

संस्थाको प्रतिसेयर आम्दानी ६.०२ रुपैयाँ,मूल्य आम्दानी अनुपात १०२.९२ गुणा,प्रतिसेयर नेटवर्थ १३६.९९ रुपैयाँ र तरलता अनुपात ६.९५ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.