इन्फिनिटी लघुवित्त खुद नाफामा ६३.५५% को संकुचन, खुद ब्याज आम्दानी पनि १६.४१% ले घट्यो
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार समीक्षा अवधिसम्म संस्थाको खुद मुनाफामा गिरावट आएको छ । संस्थाले यो अवधिसम्म १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६३.५५ प्रतिशतले कम हो ।