मंगलवार, फाल्गुन ५,२०८२ 01:53:25
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 01:53:25
Bizshala
Global IME Bank Limited

स्थानिय काउलीको मूल्य ३४% ले बढ्यो, यस्तो छ अन्य तरकारी भाउ

स्थानिय काउलीको मूल्य ३४% ले बढ्यो, यस्तो छ अन्य तरकारी भाउ
Shivam Cement

काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य ४.३५ प्रतिशतले घट्दै प्रतिकेजी औसत मूल्य ११ँ५ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै सानो लोकल गोलभेडाको मूल्य पनि ७ २ प्रतिशतले घट्दै प्रतिकेजी औसत मूल्य ४३ रुपैयाँबाट २५ रुपैयाँमा सीमित बनेको छ । रातो आलुको औसत मूल्य भने स्थिर अर्थात प्रतिकेजी ४९ रुपैयाँ रहेको छ । प्याज सुकेको भारतीयको मूल्य प्रतिकेजी ९३ रुपैयाँ,गाजर लोकल ९५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ,भन्टा लाम्चो ७५ रुपैयाँ,घिउ सिमी लोकल १४८ रुपैयाँ,घिउ सिमी हाईब्रिड १५० रुपैयाँ र तिते करेलाको मूल्य भने प्रतिकेजी औसत मूल्य ९५ रुपैयाँमा किनबेच भईरहेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आज काउलीको औसत मूल्य भने ३४ प्रतिशतले बढेको छ । अघिल्लो दिन औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ रहेको स्थानिय काउलीको मूल्य बढेर प्रतिकेजी ८५ रुपैयाँ पुगेको छ । साथै स्थानिय काउली(ज्यापु)को मूल्य पनि २१ प्रतिशतले बढेर ९५ रुपैयाँ, मूला सेतो लोकल १६ प्रतिशतले बढेर ३० रुपैयाँ,मूला सेतो हाईब्रिड १४ प्रतिशतले बढेर ३५ रुपैयाँ,बोडी(तने)४ प्रतिशतले बढेर ११५ रुपैयाँ,लौका १९ प्रतिशतले बढेर ९५ रुपैयाँ,घिरौला १२ प्रतिशतले बढेर ११० रुपैयाँ र लोकल काक्रो १२ प्रतिशतले बढेर ११० रुपैयाँ पुगेको छ ।  

त्यस्तै आज हरियो धनियाको मूल्य भने १२ प्रतिशतले घटेर प्रतिकेजी औसत मूल्य २७६ रुपैयाँ, हरियो खुर्सानी(अकबरे)६ प्रतिशतले घटेर ३७६ रुपैयाँ,तोफु ३६ प्रतिशतले घटेर ११५ रुपैयाँ,ब्रोकाउली ११ प्रतिशतले घटेर १३५ रुपैयाँ र च्याउ(कन्य)को औसत मूल्य २१ प्रतिशतले घटेर प्रतिकेजी औसत मूल्य १८० रुपैयाँमा किनबेच भईरहेको छ ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.