सोमबार, असार २,२०८२ 07:04:28
  • सोमबार, असार २,२०८२ 07:04:28
Global IME Bank Limited

एकैदिन ११ अर्बले घट्यो निक्षेप संकलन, कर्जा प्रवाहमा पनि गिरावट

Hyundai Nepal
एकैदिन ११ अर्बले घट्यो निक्षेप संकलन, कर्जा प्रवाहमा पनि गिरावट
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन ११ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन २ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ६४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत साउन १ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ७७ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो । यसरी एक दिनको अवधिमा बैंकिङ प्रणालीको निक्षेप एकैदिन ११ अर्ब रुपैयाँले घटेको हो ।    

वाणिज्य बैंकहरुको निक्षेप पनि १० अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ । साउन १ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ३९ अर्ब रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्य वित्तीय संस्थाको निक्षेप पनि १ अर्बले घटेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलनसँगै कर्जा प्रवाह पनि घटेको छ । साउन २ गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ४४ अर्बबराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । साउन १ गतेसम्म भने बैंकिङ प्रणालीबाट ५१ खर्ब ४२ अर्बबराबरको कर्जा प्रवाह भएको थियो । यसरी एक दिनमा कर्जा प्रवाह ८ अर्बले घटेको छ ।      

सीडी रेसियो ७७.६० प्रतिशतबाट बढेर ७७.८७ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर पनि २.९७ प्रतिशतबाट घटेर २.९५ प्रतिशतमा सीमित बनेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.