शुक्रबार, असार १३,२०८२ 01:48:26
  • शुक्रबार, असार १३,२०८२ 01:48:26
Global IME Bank Limited

अमेरिकी सेयर बजार २ वर्षकै न्यून विन्दुमा, दिग्गज टेक कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट

Hyundai Nepal
अमेरिकी सेयर बजार २ वर्षकै न्यून विन्दुमा, दिग्गज टेक कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी सेयरबजारमा २ वर्ष यताकै उच्च गिरावट आएको छ । अमेरिकी ब्रोड मार्केट इन्डेक्स २.३१ प्रतिशतले घट्दै ५ हजार ४२७.१३ विन्दुमा बन्द भएको छ । यस्तै नास्डक इन्डेक्स पनि ३.६४ प्रतिशतले घट्दै १७ हजार ३४२.४१ विन्दुमा बन्द भएको छ ।  

डो जोन्स इन्डस्ट्रियल  एभरेज पनि १.२५ प्रतिशतले घटेर ३९ हजार ८५३.८७ विन्दुमा सीमित बनेको छ । आज गुगलको माउ कम्पनीको अल्फाबेटको मूल्य ५ प्रतिशतले घटेको छ । यो गिरावट गत जनवरी ३१ पछिकै उच्च हो । त्यसदिन अल्फाबेटको सेयरमूल्य ७.५ प्रतिशतले घटेको थियो । यस्तै ईभी अटो निर्माता कम्पनी टेस्लाको मूल्य पनि १२.३ प्रतिशतले घटेको छ । कम्पनीको यो गिरावट सन् २०२० पछिकै खराब हो । कम्पानीको आम्दानीमा आएको गिरावट र नाफामा देखिएको संकुचनको प्रभाव सेयरमूल्यमा परेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अन्य ठूला र दिग्गज टेक कम्पनीको सेयरमूल्यमा भारी गिरावट आएको छ । एनभिडियाको सेयरमूल्य ६.८ प्रतिशत, मेटा प्लेटफर्मको सेयरमूल्य पनि ६.८ प्रतिशत र माइक्रोसफ्टको सेयरमूल्य ३.६ प्रतिशतले खस्किएको छ ।  

अमेरिकी सेयर बजारका विज्ञहरुले अमेरिकी सेयर बजारमा देखिएको बिक्री दबावलाई बुल मार्केटभित्रको करेक्सनको रुपमा ब्याख्या गरेका छन् । उनीहरुले यसलाई स्वस्थ करेक्सनको संज्ञा दिएका छन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.