सोमबार, असार २,२०८२ 06:59:40
  • सोमबार, असार २,२०८२ 06:59:40
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप र कर्जा प्रवाह दुवै घट्यो, अन्तरबैंक ब्याजदर ३%

Hyundai Nepal
बैंकिङ प्रणालीको निक्षेप र कर्जा प्रवाह दुवै घट्यो, अन्तरबैंक ब्याजदर ३%
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन १४ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा आँकडाअनुसार साउन ८ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ३५ अर्ब रहेको छ । गत साउन ७ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ४९ अर्बबराबरको निक्षेप थियो ।  

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि १३ अर्बले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ । साउन ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब १६ अर्ब रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्य वित्तीय संस्थाको निक्षेप भने १ अर्बले घटेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब ३३ अर्बबाट घटेर ७ खर्ब ३२ अर्बमा सीमित बनेको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह पनि घटेको छ । साउन ८ गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ३८ अर्बबराबरको कर्जा प्रवाह भएको छ । साउन ७ गतेसम्म भने बैंक तथा वित्तीय संस्थाबाट ५१ खर्ब ४१ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।      

सीडी रेसियोमा केही सुधार आएको छ । सीडी रेसियो ७८.११ प्रतिशतबाट बढेर ७८.१५ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर पनि २.९७ प्रतिशतबाट बढेर ३ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.