बिहीबार, आश्विन १,२०८३ 09:01:54
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 09:01:54
Bizshala
Global IME Bank Limited

चिरञ्जीवी अधिकारी नेपाल चेम्बर अफ कमर्सको साइबर सुरक्षा सल्लाहकार नियुक्त

चिरञ्जीवी अधिकारी नेपाल चेम्बर अफ कमर्सको साइबर सुरक्षा सल्लाहकार नियुक्त
New Office

काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सले आइटी सफ्टवेयर तथा टेक्नोलोजी समितिको साइबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेको छ। चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको साइबर सुरक्षा क्षेत्रमा काम गरिरहेका अनुभवी अधिकारीलाई मनोनयन गरेका हुन्।

Shivam Cement
Bizshala
CG Motors

अधिकारी क्यान महासंघको महासचिव, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष, इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुन्।

विगत दुई दशकदेखि साइबर सुरक्षा विषयमा प्राध्यापनसमेत गर्दै आएका अधिकारी हाल सफ्ट्वरिका कलेज र टेक्सास कलेजमा अध्यापन गर्दै आएका छन्।

अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन्। उनले इन्फरमेसन सेक्युरिटी, आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन्।

चेम्बर अध्यक्ष अग्रवालले उनीबाट साइबर सुरक्षाको विषयमा आवश्यक सहयोग, सुझाव पाउने विश्वास लिएको बताए। चेम्बरका आइटी सफ्टवेयर तथा टेक्नोलोजी समितिका अध्यक्ष विज्ञान श्रेष्ठ रहेका छन्।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.