सोमबार, असार २,२०८२ 06:34:20
  • सोमबार, असार २,२०८२ 06:34:21
Global IME Bank Limited

निरन्तर घट्दै निक्षेप र कर्जा प्रवाह, सीडी रेसियो कति ?

Hyundai Nepal
निरन्तर घट्दै निक्षेप र कर्जा प्रवाह, सीडी रेसियो कति ?
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन २ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडाअनुसार साउन १२ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ३७ अर्ब रहेको छ । गत साउन ११ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ३९ अर्बबराबरको निक्षेप थियो ।  

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि २ अर्बले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । साउन ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ७ अर्ब रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब ३२ अर्ब छ। बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह पनि घटेको छ । साउन १२ गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ४० अर्बबराबरको कर्जा प्रवाह भएको छ । साउन ११ गतेसम्म भने बैंक तथा वित्तीय संस्थाबाट ५१ खर्ब ४१ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।      

सीडी रेसियोमा केही सुधार आएको छ । सीडी रेसियो ७८.४२ प्रतिशतबाट बढेर ७८.४४ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.