काठमाण्डौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा बितरण गरेका छन् ।
मन्त्री अधिकारीले सोमवार रुपन्देही जिल्लाको सियारी गाँउपालिकाको ४ वडामा रहेका १९ वटा गाँउ ब्लकहरुको नापीनक्सा पुरा भएका ५५३ वटा लालपुर्जा बितरण गरेका हुन् ।
लालपुर्जा पाएपछि जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरु खुसि भएका थिए । वषौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पिडाबाट मुक्तीपाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए ।
लालपुर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमिआयोग गठनको अन्तिम तयारीमा रहेको बताउदैं भूमिहिनको समस्या स्थायी रुपमा समाधान गर्ने प्रतिवद्धता ब्यक्त गरे । सरकारले ५ लाख भूमिहिन सुकुम्वासीलाई लालपुर्जा बितरण गर्ने तयारी गरेको उनले जानकारी दिए । गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले मन्त्री अधिकारीका कारण लालपुर्जा बितरणमा सम्भव भएको बताए ।