काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन ३ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन १३ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ३४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । साउन १२ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ३७ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।
वाणिज्य बैंकहरुको निक्षेप पनि २ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ । असार १२ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५ अर्ब रहेको थियो ।
यस्तै अन्य वित्तीय संस्थाको निक्षेप पनि १ अर्बले घटेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलन घटेता पनि कर्जा प्रवाह भने स्थिर रहेको छ । साउन १२ गतेसम्म ५१ खर्ब ४० अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ ।
सीडी रेसियो ७८.४४ प्रतिशतबाट बढेर ७८.४७ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने औषत विन्दु अर्थात ३ प्रतिशत कायम भएको छ ।