सोमबार, असार २,२०८२ 11:40:42
  • सोमबार, असार २,२०८२ 11:40:42
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीको व्यवसायमा मोटर बीमाको हिस्सा ३०%, अन्य बीमाको कति ?

Hyundai Nepal
निर्जीवन बीमा कम्पनीको व्यवसायमा मोटर बीमाको हिस्सा ३०%, अन्य बीमाको कति ?
Nabil Bank Limited

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको ३०.३० प्रतिशत व्यवसाय मोटर बीमाले धानेको छ । गत आर्थिक वर्षमा निर्जीवन बीमकहरुले मोटर बीमालेखमार्फत मात्रै १२ अर्ब ५६ करोड रुपैयाँ बीमाशुल्क भित्र्याएका छन् ।  

गत आवमा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल कम्पनीहरुले ८ वटा बीमालेख बिक्रीमार्फत व्यवसाय गर्दै आइरहेका छन् । जसमा मोटर बीमाको हिस्सा सर्वाधिक देखिएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालमा सवारी साधनको अनिवार्य बीमा (थर्ड पार्टी इन्स्योरेन्स)गर्नुपर्ने व्यवस्थाले पनि मोटर बीमाले बीमा कम्पनीको व्यवसायमा टेवा पुगेको हो । सवारी साधनको सुरक्षणका लागि गरिने बीमा नै मोटर बीमा हो । यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरु कार, जीप, ट्रक, बस, मोटरसाइकल, ट्याक्टर लगायतका सवारी साधनको सुरक्षणका लागि मोटर बीमा गरिन्छ ।  

त्यस्तै, दोस्रोमा सम्पत्ति बीमाको हिस्सा २४.९१ प्रतिशत छ । सम्पत्ति बीमामार्फत बीमा कम्पनीहरुले १० अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सम्पत्ति बीमालेखअन्तर्गत बीमा कम्पनीहरुले सामान्य सम्पत्ति, मूल्यांकित सम्पत्ति, फ्लोटिङ सम्पत्ति, घोषणा सम्पत्ति, पुनस्र्थापना सम्पत्ति जस्ताको बीमा गर्दै आएका छन् ।  

तेस्रोमा इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामार्फत बीमा कम्पनीहरुले ७ अर्ब १० करोड २५ लाख रुपैयाँ बीमाशुल्क भित्र्याएका छन् । यो बीमालेखको हिस्सा १७.१३ प्रतिशत छ । यस बीमाअन्तर्गत निर्माण सम्बन्धी कार्यहरु जस्तै बाटो, पुल, सिचाई, जलविद्युत आयोजना, ठूला–ठूला भवन तथा अपार्टमेन्टहरु र व्यवसायिक भवन पर्दछन् ।  

साथै विविधि बीमाअन्तर्गत बीमा कम्पनीहरुले ४ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो बीमाको हिस्सा १०.८९ प्रतिशत रहेको छ । यता हवाई बीमाको हिस्सा पनि ६.२९ प्रतिशत छ । हवाई बीमामार्फत बीमकहरुले २ अर्ब ६० करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  

त्यस्तै, कृषि तथा बाली बीमामार्फत २ अर्ब ८ करोड, सामून्द्रिक बीमामार्फत १ अर्ब ९४ करोड र लघुबीमामार्फत ३१ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.