बाढीपहिरोको क्षतिले रु.५० करोडको मोटर बीमा दाबी, हालसम्म १३.४२% मात्रै भुक्तानी
काठमाण्डौ । असोज महिनामा भीषण वर्षाले निम्त्याएको बाढीपहिरोका कारण एक हजार भन्दा बढी मोटर बीमाको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार कात्तिक २० गतेसम्ममा बाढीपहिरोबाट क्षति पुगेको १ हजार २६९ वटा मोटर बीमाको दाबी परेको हो । जसमा ९१३ वटा सवारी निजीतर्फ रहेका छन् भने ३५६ वटा सवारी सार्वजनिक रहेका छन् । प्राधिकरणका अनुसार २८४ वटा मोटर बीमाको...