शनिबार, बैशाख ५,२०८३ 01:43:46
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 01:43:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बाढीपहिरोको क्षतिले रु.५० करोडको मोटर बीमा दाबी, हालसम्म १३.४२% मात्रै भुक्तानी

Bizshala
बाढीपहिरोको क्षतिले रु.५० करोडको मोटर बीमा दाबी, हालसम्म १३.४२% मात्रै भुक्तानी
Shivam Cement

काठमाण्डौ । असोज महिनामा भीषण वर्षाले निम्त्याएको बाढीपहिरोका कारण एक हजार भन्दा बढी मोटर बीमाको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार कात्तिक २० गतेसम्ममा बाढीपहिरोबाट क्षति पुगेको १ हजार २६९ वटा मोटर बीमाको दाबी परेको हो ।  

जसमा ९१३ वटा सवारी निजीतर्फ रहेका छन् भने ३५६ वटा सवारी सार्वजनिक रहेका छन् । प्राधिकरणका अनुसार २८४ वटा मोटर बीमाको भने दाबी भुक्तानी भइसकेको छ । जसमा २०७ वटा निजी मोटर र ७७ वटा सार्वजनिक मोटर गरी कुल २८४ वटा मोटर बीमाको दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कात्तिक २० गतेसम्ममा मोटर बीमातर्फ निजी र सार्वजनिक गरी कुल ५० करोड ९ लाख ३३ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको हो । जसमा निजीतर्फ ३३ करोड २५ लाख रुपैयाँ र सार्वजनिकतर्फ १६ करोड ८४ लाख रुपैयाँ रहेको छ ।  

सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कात्तिक २० गतेसम्ममा बाढीपहिरोबाट क्षति पुगेका मोटर बीमाको ६ करोड ७२ लाख ४३ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको छ । जसमा निजी सवारीतर्फ ३ करोड २३ लाख ४८ हजार रुपैयाँ र सार्वजनिकतर्फ ३ करोड ४८ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

मोटर बीमातर्फ परेको दाबीमा हालसम्म निर्जीवन बीमकहरुबाट जम्मा १३.४२ प्रतिशत मात्रै बीमा दाबी भुक्तानी भएको छ ।  

बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा धनजनको क्षति भएको छ । बीमा कम्पनीहरुमा बीमा दाबीको चाप बढ्दो छ । सम्पत्ति बीमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा, मोटर बीमा, सामुद्रिक बीमा, पशुपन्छी बीमा, कृषि बाली बीमा र विविध गरी कात्तिक २० गतेसम्ममा कुल ३ हजार ४६० वटा दाबीको १० अर्ब ५३ करोड २७ लाख रुपैयाँको दाबी परेको छ ।  

तर सो अवधिसम्म बीमा कम्पनीहरुले विभिन्न बीमालेखअन्तर्गत ६३७ वटा दाबीको मात्रै भुक्तानी गरेका छन् । बीमकहरुले ४७ करोड ११ लाख ५८ हजार रुपैयाँको मात्रै दाबी भुक्तानी गरेका छन् । जुन यो दाबी परेको कुल रकमको ४.७४ प्रतिशत मात्रै भुक्तानी रकम हो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.