काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको कार्यकारी अध्यक्ष(प्रबन्ध सञ्चालक)मा रञ्जाना दाहाल नियुक्त भएकी छन् ।
कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन १६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।