मंगलवार, बैशाख ८,२०८३ 02:34:58
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 02:34:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ऊर्जामन्त्री खड्का र विश्व बैङ्कका देशीय निर्देशक सिसलेनबीच भेटवार्ता

Bizshala
ऊर्जामन्त्री खड्का र विश्व बैङ्कका देशीय निर्देशक सिसलेनबीच भेटवार्ता
Shivam Cement

काठमाण्डौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ। बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा भएको भेटमा विश्व बैङ्कले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा गरेको सहयोग र अन्य धेरै विषयमा छलफल भएको बताइएको छ। 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ऊर्जामन्त्री खड्काले अन्तर्राष्ट्रियस्तरमा विद्युत् बिक्री गर्न आवश्यक पर्ने ट्रान्समिटर लाइन निर्माणमा विश्व बैङ्कको सहयोग आवश्यक रहेको बताए। भेटमा उनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र र दातृ निकायलाई साथमा लिएर सरकार अगाडि बढ्ने बताए।

यसैबीच,खड्काले आन्तरिक खाद्यान्न परिपूर्तिका लागि सिँचाइ क्षेत्रको विकास आवश्यक रहेकाले उक्त क्षेत्रमा समेत विश्व बैङ्कको सहयोग रहने विश्वास व्यक्त गरे। विकास निर्माणका क्रममा हुने वातावरणीय प्रभावलाई रोक्न आवश्यक रहेको उनको भनाइ थियो। 

ऊर्जामन्त्री खड्काले सरकारले १० वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको बताउँदै उक्त लक्ष्य हासिल गर्न विश्व बैङ्कको सहयोग आवश्यक हुने बताए।  

उनले विश्व बैङ्कको सहयोगमा बन्न लागेको अपर अरुण जलविद्युत् आयोजनाको काम चाँडो सम्पन्न हुने विश्वास व्यक्त गरे। भेटमा विश्व बैङ्कका देशीय निर्देशक सिसलेन नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा वल्र्ड बैङ्कको सधैँ साथ र सहयोग रहने बताए। 

उनले अपर अरुण जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नेगरी काम भइरहेको बताए। ऊर्जासँगै सिँचाइको योजनालाई वल्र्ड बैङ्कले प्राथमिकता दिने उनको भनाइ थियो।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.