हिउँदमा काठमाडौंको बिजुली व्यवस्थापन गर्न सरकारको दौडधुप, थप भूमिगत ग्रिड बनाइने
काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर करिब ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएपछि सरकारले काठमाडौं उपत्यकाको हिउँदे विद्युत माग व्यवस्थापनका लागि वैकल्पिक उपायमा काम थालेको छ।बाढीका कारण त्रिशूली करिडोर हुँदै काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत आपूर्ति प्रभावित भएपछि ती...

