शनिबार, मंसिर ८,२०८१ 01:38:04
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 01:38:04
IME remit
Global IME Bank Limited

कुमारी बैंक र समाज डेन्टलबीच सम्झौता, ग्राहकले १०% सम्मको छुट पाउने

Hyundai Nepal
कुमारी बैंक र समाज डेन्टलबीच सम्झौता, ग्राहकले १०% सम्मको छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ। कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित समाज डेन्टल प्रा.लि.बीच सम्झौता भएको छ। बैंक र समाज डेन्टलबीच बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो। यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहक महानुभावहरुले सो समाज डेन्टलका नयाँ वानेश्वर– काठमाडौँ, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर, सनसिटी–पेप्सीकोला, बसुन्धरा चौकी– काठमाण्डौ, सितापाइला चोक–काठमाडौँ, बौद्ध–जोरपाटी, कौशलटार-भक्तपुर, इमाडोल–ललितपुर, बनेपा-काभ्रे स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

Bizshala
Shivam Cement
CG Motors

यस्तै, बैंकका ग्राहकहरूलाई उक्त सेवाकेन्द्रहरुमा रजिष्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुनेछ। यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.