सोमबार, बैशाख ८,२०८२ 06:13:27
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 06:13:27
IME remit
Global IME Bank Limited

भारतबाट चिनी आयातका लागि कम्पनीहरूलाई सरकारको आह्वान

Hyundai Nepal
भारतबाट चिनी आयातका लागि कम्पनीहरूलाई सरकारको आह्वान
Nabil Bank Limited

काठमाण्डौ। सरकारले भारतबाट चिनी आयातका लागि कम्पनीहरूलाई आह्वान गरेको छ। बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १९ हजार मेट्रिक टन चिनी ल्याउन सूचना जारी गरेको हो। छनोट भएका प्रत्येक कम्पनीले २६ सय मेट्रिक टन चिनी ल्याउनुपर्ने जनाएको छ।

विभागले बुधबार एक सूचना जारी गर्दै पाँच दिनभित्र आवेदन दिइसक्न कम्पनीहरूलाई भनेको छ। भारतले आगामी सेप्टेम्बर ३० सम्मको लागि कोटा तोकेर निर्यात खोलेकाले विभागले पाँच दिनभित्र आवेदन दिनुपर्ने समय तोकेको हो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आवदेन दिने कम्पनीले अनुमति पाएको एक महिनाभित्र चिनी आयात गरिसक्नु पर्ने सुचनामा उल्लेख छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि पनि चिनी आयातका लागि उद्योग विभागमार्फत सूचना आह्वान गरेको थियो। 

उक्त सूचनामा १२ कम्पनीले २१ हजार मेट्रिक टन चिनी ल्याउन आवेदन दिएका थिए। त्यसमध्ये चिनी आयातका लागि दश कम्पनी छनोट भए। तर, ती कम्पनीले चिनी ल्याउन सकेनन्।

गतवर्ष साउनमै सरकारले भारतबाट जिटुजीमार्फत ५० हजार मेट्रिक टन चिनी ल्याउन पहल गरेको थियो। तर भारत सरकारले २५ हजार टन चिनीका लागि पुसमा सहमति गरेको थियो ।

भारतीय सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा भारतको नेशनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेड इन्डिया (एनसिइएल) मार्फत बिक्री गर्ने गरी कोटा दिएको थियो।यसअघि पनि  विभागले चिनी ल्याउन  सूचना आह्वान गरेको थियो।

उद्योग विभागमार्फत आह्वान गरिँदा कच्चा पदार्थको रूपमा प्रयोग गर्ने उद्योगले मात्रै चिनी ल्याउन पाउँछन्। त्यस्तै, वाणिज्य विभागबाट ल्याउँदा भने व्यापारिक कम्पनीले मात्र ल्याउन पाउँछन्।

नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै वाणिज्य विभागले यसरी चिनी आयातको लागि कम्पनीहरूलाई आह्वान गरेको हो। 

उद्योगीहरूले चिनी ल्याउन नसकेपछि सरकारले खुला बजारबाट चिनी ल्याउन दिन भारत सरकारलाई कुटनीतिक पहल गरेको जनाइएको छ।

अहिले नेपालभर २ लाख ५० हजार मेट्रिक टन चिनीको माग छ। हाल १ लाख ७७ हजार मेट्रिक टन उत्पादन हुँदै आएको बताइएको छ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.