बिहीबार, असार १२,२०८२ 10:36:42
  • बिहीबार, असार १२,२०८२ 10:36:42
Global IME Bank Limited

अमरेशकै शैलीमा सांसद चौधरीले सोधे-'चन्द्रागिरी, दिव्यश्वरी, आँखुखोलाको मूल्य किन यति धेरै बढेको ?'

Hyundai Nepal
अमरेशकै शैलीमा सांसद चौधरीले सोधे-'चन्द्रागिरी, दिव्यश्वरी, आँखुखोलाको मूल्य किन यति धेरै बढेको ?'
Nabil Bank Limited

काठमाण्डौ । केही कम्पनीको नामै तोकेर एक सांसदले संसदमा प्रश्न उठाएको दुई दिनपछि अर्थसमितिका सदस्य रहेका अर्का सांसदले पनि त्यस्तै शैलीलाई पछ्याएका छन् ।  

सेयर बजारको विषयमा खासै जानकारी नराख्ने एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले केही कमजोर अवस्थाका कम्पनीको नामै तोकेर सेयर बजारमा इन्साइडर ट्रेडिङ र चलेखल भइरहेको दलिल पेश गरेका हुन् । उनले इन्साइडर ट्रेडिङकै कारण बजार अस्वभाविक रुपमा उचालिएको समेत दाबी गरे । 

CG Motors
Muktinath Bikas Bank Limited

चन्द्रागिरी हिल्स, दिव्यश्वरी हाइड्रो, आँखुखोला जलविद्युत कम्पनी लगायतका कम्पनीहरुको नाम लिंदै उनले भने-'बजारमा बुक भ्यालू, नेटवर्थ धेरै नै कम हुँदा हुँदै पनि सेयर मूल्य किन बढ्यो ? वास्तविक भ्यालू एउटा र सेयरको भ्यालू किन फरक पर्न गयो ? यसलाई धितोपत्र बोर्डले हेर्नैपर्छ । चन्द्रागिरी हिल्स, दिव्यश्वरी हाइडो, आँखुखोला लगायत कमजोर भ्यालू भएका कम्पनीको सेयरमूल्य किन धेरै छ ?'

पछिल्लो समय सेयर बजारको विषयमा सबैतिर प्रश्न उठेको उल्लेख गर्दै सांसद चौधरीले बजारलाई सन्तुलित र विश्वसनीय बनाउनतर्फ सबै सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिए ।  

उनले 'नेपालको सेयर बजारको रियल क्यापासिटी के हो ? कतिसम्म बढ्नसक्छ ? यसलाई बढाउन सेबोनले के गर्नसक्छ ?' जस्ता प्रश्नहरु समेत राखेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.