काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटै सिमेन्ट कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शिवम् सिमेन्ट,घोराही सिमन्ट,सोनापुर मिनरल्स एण्ड आयल र सर्वोत्तम सिमन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यी ४ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्टको सेयरमूल्य ६३ रुपैयाँले बढेर प्रतिकित्ता ७०१ रुपैयाँ पुगेको छ । घोराही सिमेन्टको सेयरमूल्य ५५ रुपैयाँले बढेर प्रतिकित्ता ६१२ रुपैयाँ, सोनापुर मिनरल्सको ५२ रुपैयाँले बढेर प्रतिकित्ता ५७६ रुपैयाँ र सर्वोत्तम सिमन्टको सेयरमूल्य ९० रुपैयाँले बढेर प्रतिकित्ता ९९० रुपैयाँ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूिचकमा ०.८३ प्रतिशत अर्थात २३.०९ अंकले बढेर २ हजार ७८२ विन्दुमा कारोबार भईरहेको छ । अहिलेसम्म नेप्सेमा १५ अर्ब १९ करोड बढीको कारोबार भईसकेको छ ।