काठमाण्डौ । यो साता बजारमा तीव्र उतारचढाव आउँदा जलििवद्युत उपसमूहका लगानीकर्ता मालामाल भएका छन् । यो साता सबै भन्दा उच्च प्रतिफल कमाउनेमा कुथेली बुखरी हाइड्रो पावरका लगानीकर्ता रहेका छन् । यो कम्पनीका लगानीकर्ताहरुले ४६ प्रतिशतसम्म आर्जन गरेका छन् ।
त्यसैगरि, सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ताहरुले करिब २६ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतका लगानीकर्ताहरुले २५ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सका लगानीकर्ताहरुले २४.५५ प्रतिशत ,कर्णाली डेभलपमेन्टका लगानीकर्ताहरुले २३ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले १७ प्रतिशत , सानीमा जलविद्युतका लगानीकर्ताहरुले १६ प्रतिशत , थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताहरुले १४ प्रतिशत , नेपाल रि इन्स्योरेन्सका लगानीकर्ताहरुले पनि १४ प्रतिशत र रुरु जलविद्युतका लगानीकर्ताहरुले पनि १४ प्रतिशत नै आम्दानी गरेका छन् ।