सोमबार, असार २,२०८२ 06:37:37
  • सोमबार, असार २,२०८२ 06:37:37
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप घट्दा कर्जा प्रवाह भने बढ्यो, अन्तरबैंक ब्याजदर ३% भन्दा कम

Hyundai Nepal
बैंकिङ प्रणालीको निक्षेप घट्दा कर्जा प्रवाह भने बढ्यो, अन्तरबैंक ब्याजदर ३% भन्दा कम
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन २४ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ३२ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत साउन २३ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ३७ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो । यसरी एक दिनको अवधिमा बैंकिङ प्रणालीको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले घटेको हो ।    

वाणिज्य बैंकहरुको निक्षेप पनि ६ अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ । साउन २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ९ अर्ब रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलन घटेता पनि कर्जा प्रवाह भने बढेको छ । साउन २४ गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ५६ अर्बबराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । साउन २३ गतेसम्म भने बैंकिङ प्रणालीबाट ५१ खर्ब ५३ अर्बबराबरको कर्जा प्रवाह भएको थियो । यसरी एक दिनमा कर्जा प्रवाह ३ अर्बले बढेको छ ।      

सीडी रेसियो ७८.६२ प्रतिशतबाट बढेर ७८.७५ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने ३ प्रतिशतबाट घटेर २.९९ प्रतिशतमा सीमित बनेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.