काठमाण्डौ । अहिले नेपाली सेयर बजारमा लामो समयपछि बुल रन सुरु भएको छ । यतिबेला अघिल्लो बुलकै झल्को दिने गरि कम्पनीहरुको सेयरमूल्य वृद्धि भईरहेको छ । लामो समय १८ सय देखि २२ सयमा चलको बजार लयमा चल्दै गरेको देखिन्छ ।
पछिल्लो वियरिस बजारबाट करिब १ हजार अंक बढेको बजारमा अहिले पनि धेरै कम्पनीको सेयर भाउ निकै सस्तो नै देखिन्छन् । अघिल्लो बुलमा प्रतिकित्ता ७ हजार ९०९ रुपैयाँ पुगेको हिमालयन डिस्टिलरीको सेयरमूल्य अहिले निकै कम मूल्यमा रहेको छ । अहिले कम्पनीको सेयरमूल्य प्रतिकित्ता १६ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै अघिल्लो बुलमा प्रतिकत्ता ५ हजार ७६३ रुपैयाँ पुगेको सीआईटीको सेयरमूल्य पनि २ हजार ३९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल पुनर्बीमाको सेयरमूल्य यसअघिको बुलमा प्रतिकित्ता २ हजार ८ रुपैयाँ पुगेकोमा अहिले ९७५ रुपैयाँ पुगेको छ ।