काठमाण्डौ । सेयर बजार परिसूचक नेप्सेमा साताको अन्तिम कारोबार दिन उछाल देखिएको छ ।
बजार खुलेदेखि नै नेप्से परिसूचक उछालको गतिमा बढ्न थालेको हो ।
कारोबार खुलेको ५ मिनेटमै नेप्से ४२.२५ अंकले बढेर ३००० माथि उक्लिएको हो ।
यो अवधिसम्म १ अर्ब बढीको सेयर कारोबार भइसकेको छ ।
यो अवधिमा सबै समूहको उपसूचकमा बढोत्तरी भएको छ । सबैभन्दा बढी बैंकिंग समूह बढेको देखिएको छ ।
हिजोको जस्तै केही फाइनान्स कम्पनीको सेयरमूल्य पनि उछालको गतिमा बढेको छ ।