काठमाण्डौ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगलमले पेट्रोलमा ५ र मट्टीतेल तथा डिजलमा ३ रुपैयाँ मूल्य घटाएको हो।
घटेको मूल्य बिहीबार (आज) राती १ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो। जसअनुसार अब काठमाण्डौमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।