बिहीबार, बैशाख ३१,२०८३ 08:15:18
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 08:15:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आम्दानीमा संकुचन आउँदा र खर्च चुलिँदा नेशनल हाईड्रोपावर घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?

Laxmi Sunrise Bank Limited
आम्दानीमा संकुचन आउँदा र खर्च चुलिँदा नेशनल हाईड्रोपावर घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?
Shivam Cement

काठमाण्डौ । आम्दानीमा संकुचन आउदा र खर्च चुलिदा नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड घाटा व्यहोर्न बाध्य बनेको छ ।  कम्पनीले गत आर्थिक वर्षको अन्त्नयसम्म २ करोड ४३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनी ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाउन सफल भएको थियो ।  

कम्पनीको आम्दानीमा १४.१० प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवको अन्त्यसम्म विद्युत बिक्रीबाट ४ करोड ६८ लाख रुपैयाँ कमाएको कम्पनीले समीक्षा अवधिसम्म भने ४ करोड २ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीको प्रशासनिक खर्च भने ६४.११ प्रतिशतले बढ्दै १ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो खर्च ९० लाख ३३ हजार रुपैयाँ थियो । यो अवधिसम्म कम्पनीको वित्त खर्च पनि बढेको छ । अघिल्लो आवको अन्त्यसम्म २५ लाख १६ हजार रुपैयाँ रहेको वित्त खर्च बढेर ६२ लाख ७२ हजार पुगेको छ । कम्पनीको ह्रासकट्टी खर्च १ करोड ५१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको रिर्जभको आकार ९८ लाख ६८ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीको रिजर्भको आकार १ करोड ३१ लाख रुपैयाँले धनात्मक थियो ।  

कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण)१.०१ रुपैयाँ ऋणात्मक ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२४.१३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १००.४२ र मुल्य आम्दानी अनुपात १६१.०६ गुणा कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.