सोमबार, असार २,२०८२ 09:04:37
  • सोमबार, असार २,२०८२ 09:04:37
Global IME Bank Limited

आम्दानीमा संकुचन आउँदा र खर्च चुलिँदा नेशनल हाईड्रोपावर घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
आम्दानीमा संकुचन आउँदा र खर्च चुलिँदा नेशनल हाईड्रोपावर घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । आम्दानीमा संकुचन आउदा र खर्च चुलिदा नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड घाटा व्यहोर्न बाध्य बनेको छ ।  कम्पनीले गत आर्थिक वर्षको अन्त्नयसम्म २ करोड ४३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनी ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाउन सफल भएको थियो ।  

कम्पनीको आम्दानीमा १४.१० प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवको अन्त्यसम्म विद्युत बिक्रीबाट ४ करोड ६८ लाख रुपैयाँ कमाएको कम्पनीले समीक्षा अवधिसम्म भने ४ करोड २ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च भने ६४.११ प्रतिशतले बढ्दै १ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो खर्च ९० लाख ३३ हजार रुपैयाँ थियो । यो अवधिसम्म कम्पनीको वित्त खर्च पनि बढेको छ । अघिल्लो आवको अन्त्यसम्म २५ लाख १६ हजार रुपैयाँ रहेको वित्त खर्च बढेर ६२ लाख ७२ हजार पुगेको छ । कम्पनीको ह्रासकट्टी खर्च १ करोड ५१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको रिर्जभको आकार ९८ लाख ६८ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीको रिजर्भको आकार १ करोड ३१ लाख रुपैयाँले धनात्मक थियो ।  

कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण)१.०१ रुपैयाँ ऋणात्मक ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२४.१३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १००.४२ र मुल्य आम्दानी अनुपात १६१.०६ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.