बुधबार, श्रावण १३,२०८३ 01:00:29
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 01:00:29
Bizshala
Global IME Bank Limited

उद्योगपति चौधरीसहित तीनजना रिहा, अनुसन्धान भने जारी

उद्योगपति चौधरीसहित तीनजना रिहा, अनुसन्धान भने जारी
New Office

काठमाण्डौ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगपति अरुण चौधरी रिहा भएका छन् ।  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले छोरा करण चौधरीको रोहबरमा उद्योगपति चौधरीलाई बुधबार थुनामुक्त गरेको हो।

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले सोमबार चौधरी लगायत सोही प्रकरणमा पक्राउ गरेकाहरुलाई २ दिनभन्दा बढी समय राखेर अनुसन्धान गर्नु नपर्ने भए हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । अदालतको सोही आदेशअनुसार उद्योगपति चौधरीलाई छोराको जिम्मा लगाएर पठाइएको सीआईबीले जनाएको छ ।  

सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंह, च्याम्पियन फूटवेयर प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । पक्राउ परेको ७ दिनमा तीनैजना छुटेका हुन् ।  

थुनामुक्त भए पनि उनीहरुको विषयमा अनुसन्धान नसकिएको प्रहरीले जनाएको छ । पक्राउ परेको मितिले २५ दिनभित्र अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा उसको अनुसन्धान प्रतिवेदन पेश गर्नेछ । सोही आधारमा चौधरी लगायतको मुद्दा अगाडि बढ्नेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.