काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम हुनेछ ।
यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ४० प्रतिशत र सर्वसाधारण समूहको ६० प्रतिशत कायम थियो । पूँजी संरचना परिवर्तनको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई सकेको संस्थाले जनाएको छ । संस्थाको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले पूँजी संरचना गर्ने निर्णय गरेको थियो ।
साथै संस्थापक सेयर सर्वसाधारण समुहमा परिवर्तन गर्न नचाहने संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बट्टार, नुवाकोटमा सम्पर्क राखी लिखित रुपमा निवेदन दिन वा वित्तीय संस्थाको ईमेलमा निवेदन पठाउन आग्रह गरिएको छ । सूचनाको म्यादभित्र सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनी निवेदन नदिने संस्थापक सेयरधनीहरूको हकमा संस्थापक सेयर अनुपात सर्वसाधारण समुहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम सर्वसाधारण समुहमा परिवर्तन गर्नेतर्फ प्रक्रिया अगाडी बढाइने संस्थाले जनाएको छ ।