मंगलवार, फाल्गुन ५,२०८२ 11:15:02
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 11:15:02
Bizshala
Global IME Bank Limited

भारतमा ‘स्त्री २’ ले कमायो ४ दिनमै २०४ करोड भारु

भारतमा ‘स्त्री २’ ले कमायो  ४ दिनमै २०४ करोड भारु
Shivam Cement

काठमाण्डौ। भारतीय बक्स अफिसमा सन् २०२४ को रक्षा बन्धन खास भइरहेको छ। प्रदर्शनको चौथो दिन आइतबारसम्म २०४ करोड भारुको नेट कलेक्सन गर्दै श्रद्धा कपुर स्टारर फिल्म ‘स्त्री २’ ले गत वर्ष रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’को कमाइसँग बराबरी गरेको छ।

‘पठान’ पछि हिन्दी फिल्म इतिहासमा ‘स्त्री २’ रिलिजको चौथो दिनमा यो आँकडा पार गर्ने दोस्रो फिल्म हो। योसँगै फिल्मले सनी देओलको फिल्म ‘गदर २’ को पाँच दिनमा दुई सय करोड कमाइको रेकर्ड तोडेको छ। फिल्मले रिलिजको चार दिनमै विश्वभर २८३ करोड भारु कमाएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

शाहरुख खानको फिल्म ‘जवान’ र रणवीर कपुरको  ‘एनिमल’ हिन्दीमा रिलिज भएका फिल्ममध्ये सबैभन्दा छिटो २०० करोड भारुसहित कमाइको आँकडामा अग्रस्थानमा छन्। यी दुवै फिल्मले रिलिजको तीन दिनमै यो आँकडा पार गरेका थिए।

यसपछि शाहरुख खानको फिल्म ‘पठान’ छ, जसले रिलिजको चार दिनमै भारतको घरेलु बक्स अफिसमा २०० करोड भारु कमाएको थियो। श्रद्धा कपुरको फिल्म ‘स्त्री २’ को पहिलो चार दिनमा नेट कमाइ २०४ करोड भारु पुगेको छ। सोमबार पनि ‘स्त्री २’ को अग्रिम बुकिङ बिहानैदेखि तीव्र छ। 

‘स्त्री २’ यस्तो उपलब्धि हासिल गर्ने पहिलो महिला केन्द्रित फिल्म हो। फिल्मले पहिलो हप्तामै ३०० करोडको आँकडा पार गर्न सक्ने प्रक्षेपण गरिएको छ। -एजेन्सी 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.