आईतवार, असार २८,२०८३ 07:45:39
Bizshala
  • आईतवार, असार २८,२०८३ 07:45:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाली सेनालाई अमेरिकाले ४ वटा जहाज तथा हेलिकोप्टर उपलब्ध गराउने

Laxmi Sunrise Bank Limited
नेपाली सेनालाई अमेरिकाले ४ वटा जहाज तथा हेलिकोप्टर उपलब्ध गराउने

काठमाण्डौ। नेपाली सेनालाई अमेरिकाले ४ वटा जहाज जहाज तथा हेलिकोप्टर उपलब्ध गराउने भएको छ। संयुक्त राज्य अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई ४ वटा हेलिकोप्टर दिने भएको हो।

अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई थप दुई वटा हेलिकोप्टर सहयोग गर्ने घोषणा गरेका हुन्। 

उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटर्वातामा ४ वटा जहाज र हेलिकोप्टर विपद् प्रतिकार्यका लागि अनुदान सहयोग स्वरुप नेपाली सेनालाई उपलब्ध गराउने बताएका थिए।

New Office
CG Motors
Garima Development Bank

वर्मा फर्केपछि अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणासँगको भेटवार्तामा उनले नेपालको विपद् प्रतिकार्य र हवाई क्षमतालाई सुदृढ बनाउन अमेरिका प्रतिवद्ध रहेको उल्लेख गरिएको थियो।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘फरेन मिलिटरी फाइनान्स’ अन्तर्गत हवाई क्षमता सुदृढ गर्न नेपाललाई १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ३८ करोड रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने जनाएको थियो। 

जसमा अमेरिकाले के कति जहाज तथा हेलिकोप्टर उपलब्ध गराउने भन्ने उल्लेख गरेको थिएन। अमेरिकी विदेशमन्त्री रिचार्ड वर्मा गत साता नेपाल भ्रमणमा आएका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.