काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठन बनेपछि सेयर बजारमा उल्लेखनिय सुधार आएको बताएका छन् । आज प्रतिनिधि सभामा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘नयाँ सरकार आएपछि पूँजी बजारमा उल्लेखनिय सुधार आएको छ । यस्तै नीजि क्षेत्रमा मनोबलसँगै उत्साह समेत देखिएको छ, ’प्रधानमन्त्री ओलीले भने ।
यस्ता विषयले जनतामा निराशा नभई आशाको सञ्चार गराउँदै जाने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।