मंगलवार, श्रावण २६,२०८३ 11:05:35
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 11:05:35
Bizshala
Global IME Bank Limited

लगानीकर्ताको आकर्षण देखिएपछि सुमेरु सेक्युरिटीजले नि:शुल्क सेयर कक्षा सञ्चालन गर्ने

Prabhu Bank Limited
लगानीकर्ताको आकर्षण देखिएपछि सुमेरु सेक्युरिटीजले नि:शुल्क सेयर कक्षा सञ्चालन गर्ने
New Office

काठमाण्डौ । सुमेरु सेक्युरिटीजले सेयर बजार सम्बन्धी निःशुृल्क मास्टर क्लास सञ्चालन गर्ने घोषणा गरेको छ । सुमेरु सेक्युरिटीज र इन्टरनेसनल एकेडेमी फर फाइनान्सियल स्टडिजले सहकार्य गर्दै निःशुल्क मास्टर क्लास सञ्चालन गर्ने घोषणा गरेका हुन् ।  

यी दुवै कम्पनीले गत शुक्रबार पनि निःशुल्क मास्टर क्लास सञ्चालन गरेका थिए । उक्त क्लासप्रति लगानीकर्ताको उच्च आकर्षण देखिएपछि अब सबै शुक्रबार २ बजे यो कक्षा सञ्चालन गरिने भएको हो । उक्त प्रशिक्षण कार्यक्रममा कलेज विद्यार्थीहरू, भखरै बजारमा लगानी गर्न सुरु गरेका नयाँ लगानीकर्ता, गृहणी, उद्यमी, इन्जिनियर देखि पुराना लगानीकर्ताको सहभागिता रहेको थियो।  

पूँजीबजारको हालको अवस्थाका बारेमा दीप थापाले विश्लेषण गरेका थिए र टेक्निकल विषयमा योगेश दारुकाले प्राविधिक विश्लेषणबारे कक्षा सञ्चालन गरेका थिए।  

 शुक्रबार काठमाण्डौको ज्ञानेश्वरस्थित ज्ञानेश्वर टावरको आईएएफएसको सुबिधा सम्पन्न कक्षाबाट सुमेरुले सेयर सचेतना सञ्चालन गरिने छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X