काठमाण्डौ । चिनियाँ एप कम्पनीले टिकटकले नेपाल सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णयको स्वागत गरेको छ । टिकटकले एक विज्ञप्ती जारी गर्दे टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णयको स्वागत गरेको हो ।
‘नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुशी छौं। यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली जनमानसको डिजिटल अनुभवको लागि नेपाल सरकारले दिएको चासोलाई सम्मान पनि गर्ने टिकटकले जनाएको छ ।
टिकटकले कम्युनिटीको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको सञ्चार गर्नुका साथै अविश्वसनीयरूपमा प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण आर्थिक अवसरहरूको ढोका समेत खोलेको दाबी गरेको छ। यस्तै नेपालीहरूको उन्मुक्त आवाज बन्न र सृजनशीलताको साझा मंचलाई निरन्तरता दिन पाउँदा उत्साहित भएको टिकटकले जनाएको छ ।