सोमबार, पुष ८,२०८१ 10:12:25
IME remit
  • सोमबार, पुष ८,२०८१ 10:12:25
IME remit
Global IME Bank Limited

नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण भदौं २७ र २८ गते काठमाण्डौ हुने

Hyundai Nepal
नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण भदौं २७ र २८ गते काठमाण्डौ हुने
Nabil Bank Limited

काठमाण्डौ। नेपाल उद्योग परिसंघले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना, समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । दिगो पूर्वाधारमार्फत् देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै परिसंघले सन् २०१४ देखि पूर्वाधार सम्मेलन आयोजना गर्दै आइरहेको हो।

सन् २०१४, २०१७, २०१९ र २०२२ मा नेपाल सरकार (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय), लगानी बोर्ड, युथ कम्यूनिटी फर नेप्लिज कन्ट्रयाक्टर (वाईसीएनसी) लगायतको साझेदारीमा नेपाल पूर्वाधार सम्मेलनका चार संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको परिसंघले जनाएको छ।

Bizshala
Shivam Cement
CG Motors

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ आयोजक एवं लगानी बोर्डको कार्यालय र वाईसीएनसी सह-आयोजक बनी नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण २०८१ भदौं २७ र २८ गते (सेप्टेम्बर १२ र १३, २०२४) काठमाण्डौमा आयोजना हुन लागेको हो। 

रणनीतिक लगानीमार्फत दिगो विकास भन्ने मुल नाराका साथ पाँचौं संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना हुन लागेको हो। पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सार्वजनिक निजी साँझेदारी अवधारणा अनुरुप नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डसँगको सहकार्य सम्मेलन आयोजना गर्न लागिएको बताए। 

पूर्वाधारमा धेरै लगानी आवश्यक रहेको तर स्रोतको अभाव भईरहेको अवस्थामा पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ, नीतिगत रुपमा के के सुधार गर्नुपर्छ, पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासहरु के के छन् भन्ने विषयमा गहन रुपमा सम्मेलनमा छलफल हुने उनले बताए।  

सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइने बताइएको छ। सम्मेलनमा सहआयोजक लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनका क्रममा राखिएका परियोजनाहरु पूर्वाधार सम्मेलनमा पनि राखिने उनको भनाइ छ। सार्वजनिक निजी साँझेदारी अवधारणा अनुसार पूर्वाधार सम्मेलनमा बोर्डले सहकार्य गरेको बताए। 

पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ। ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ मा क्षेत्रीय यातायात, उर्जा, शहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुने उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले जानकारी दिए।

सम्मेलनमा छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगती हासिल गरेका देशका विज्ञहरु, लगानीकर्ताहरुको सहभागिता रहनेछ। प्रधानमन्त्रीबाट समुद्घाटन हुने सम्मेलनको विभिन्न सत्रमा उपप्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, महानगरपालिकाका, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक, विश्व बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञहरुको प्रस्तुती रहने समेत जनाइएको छ।

यस सम्मेलनमा विभिन्न प्रदेश तथा महानगरपालिकाहरुले अगाडि बढाएका परियोेजनाहरुको प्रोजेक्ट तथा पूर्वाधार सम्बन्धी महत्वपूर्ण कुराहरुममा छलफल हुनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.