आईतवार, बैशाख ७,२०८२ 04:37:51
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 04:37:51
IME remit
Global IME Bank Limited

आईफोन १६ यहीँ भदौ २५ मा सार्वजनिक गर्ने तयारी

Hyundai Nepal
आईफोन १६ यहीँ भदौ २५ मा सार्वजनिक गर्ने तयारी
Nabil Bank Limited

काठमाण्डौ। एप्पलले आगामी भदौ २५ (१० सेप्टेम्बर) मा आईफोन १६ सार्वजनिक गर्ने तयारी गरेको छ। यस वर्षको विशेष कार्यक्रममार्फत एप्पलले आफ्नो नयाँ उत्पादन प्रदर्शन गर्ने तयारी गरेको हो। ब्लुमबर्गका पत्रकार मार्क गुरम्यानले एप्पल स्रोतलाई उद्धृत गर्दै सोही दिन प्रोडक्ट लञ्च कार्यक्रम आयोजना हुने सम्भावना रहेको बताएका छन्। उनका अनुसार एप्पलले अर्को हप्ता मिडिया निमन्त्रणा पठाउने सम्भावना छ।

यस कार्यक्रममा एप्पलले नयाँ आईफोन, वाच, एयरपड्स लगायतका डिभाइस सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।आईफोन १६ मा महत्त्वपूर्ण सफ्टवेयर सुधार र नयाँ एआई सुविधाहरूको समावेश हुने अनुमान गरिएको छ। एप्पलले गत जुन महिनामा भएको डेभलपर कन्फ्रेन्समा एप्पल इन्टेलिजेन्स फिचरको घोषणा गर्दै नयाँ एआई प्रविधिको जानकारी दिएको थियो।

Shivam Cement
Bizshala
CG Motors

तर, एप्पलले हालसम्म एप्पल इभेन्टको औपचारिक घोषणा गरेको छैन। एप्पलले नयाँ मोडेलमा कस्ता नयाँ प्रविधि समावेश गरेको छ र प्रयोगकर्ताहरूको अनुभवलाई कसरी फरक बनाउनेछ भन्ने कुराको चर्चा भइरहेको छ। यस पटकका आईफोन मोडेलहरू नयाँ डिजाइन, शक्तिशाली चिपसेट र सुधारिएको क्यामेरा प्रणाली सहित आउने खबर बाहिरिएका छन्। साथै ब्याट्री क्षमता र पफमेन्समा पनि महत्वपूर्ण सुधार हुने बताइएको छ।

आईफोन १६ मोडेलहरूमा शक्तिशाली ए १८ चिप समावेश हुनेछ, जसले एप्पल इन्टेलिजेन्ससँग काम गर्नेछ। सबै आईफोन १६ मोडेलहरूमा नयाँ आईओएस १८ अपडेटको सपोर्ट रहनेछ। एप्पलले आईफोन १६ प्रो र प्रो म्याक्सको डिस्प्ले केही ठूलो बनाउने योजना बनाएको छ, भने चारवटै मोडेलहरूमा फोटो खिच्नका लागि नयाँ क्याप्चर बटन समावेश हुनेछ।

स्ट्यान्डर्ड आईफोन १६ मोडेलहरूमा पहिलो पटक एक्सन बटन आउनेछ, भने आईफोन १६ प्रो मोडेलमा सुधारिएको ४८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा हुनेछ। एप्पल वाच मोडेलहरूको हकमा, एप्पल वाच सिरिज १०, नयाँ एप्पल वाच एसई, र रिफ्रेश गरिएको एप्पल वाच अल्ट्रा सार्वजनिक हुने अपेक्षा गरिएको छ। 

स्ट्यान्डर्ड एप्पल वाचमा एप्पलले पातलो डिजाइन र ठूलो डिस्प्ले समावेश गर्ने योजना बनाएको छ। एप्पलले एयरपड्स ४ पनि ल्याउने तयारी गरेको छ। यसअन्तर्गत पहिलो पटक दुई मोडेलहरू सार्वजनिक हुनेछन्, जसमा लोअर-एन्ड मोडेल अहिलेको एयरपड्ससँग मिल्दोजुल्दो हुनेछ, भने हाइ-एन्ड मोडेलमा एक्टिभ नोइज क्यान्सलेसनको सुविधा रहनेछ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.