सोमबार, असार २,२०८२ 07:49:34
  • सोमबार, असार २,२०८२ 07:49:34
Global IME Bank Limited

हरियो लसुनको मूल्य ८१% ले बढ्यो, कुन तरकारीको भाउ कति ?

Hyundai Nepal
हरियो लसुनको मूल्य ८१% ले बढ्यो, कुन तरकारीको भाउ कति ?
Nabil Bank Limited

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज अधिकांश तरकारीको मूल्य घटेको छ ।  

आज हरियो लसुनको मूल्य भने सर्वाधिक बढेको छ । आज हरियो लसुनको औषत मूल्य ८१ प्रतिशतले बढेको छ । हरियो लसुनको औसत प्रतिकेजी मूल्य ३२६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको औसत प्रतिकेजी मूल्य १८० रुपैयाँ थियो ।   

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज गोलभेडा ठूलो नेपालीको औषत प्रतिकेजी मूल्य ७ प्रतिशतले बढेर ७५ रुपैयाँ कायम भएको छ । सेतो मूला हाईब्रिडको मूल्य ५ प्रतिशतले बढेर २९ रुपैयाँ, भन्टा लाम्चो ९ प्रतिशतले बढेर ४० रुपैयाँ, घिउ सिमी ११ प्रतिशतले बढेर ८५ रुपैयाँ, तिते करेला २ प्रतिशतले बढेर ३५ रुपैयाँ,लौका १९ प्रतिशतले बढेर ५५ रुपैयाँ, परवल(लोकल)१५ प्रतिशतले बढेर ७५ रुपैयाँ,परवल(तराइ)३२ प्रतिशतले बढेर ७५ रुपैयाँ, घिरौला २ प्रतिशतले बढेर ४५ रुपैयाँ, च्याउ डल्ले २ प्रतिशतले बढेर ३२६ रुपैयाँ र काक्रो लोकल ३० प्रतिशतले बढेर ६५ रुपैयाँ कायम भएको छ ।  

आज गोलभेडा सानो(लोकल)को मूल्य ४ प्रतिशतले घटेर ३१ रुपैयाँ, गोलभेडा सानो(टनेल)१० प्रतिशतले घटेर ३६ रुपैयाँ, मूला सेतो लोकल ४ प्रतिशतले घटेर २२ रुपैयाँ, भन्टा(डल्लो)२ प्रतिशतले घटेर ५५ रुपैयाँ, बोडी तने १ प्रतिशतले घटेर ७५ रुपैयाँ, चिचिण्डो २ प्रतिशतले घटेर ५५ रुपैयाँ, भिण्डी २ प्रतिशतले घटेर ३५ रुपैयाँ,पिडालु २ प्रतिशतले घटेर ७५ रुपैयाँ, स्कुल १३ प्रतिशतले घटेर २५ रुपैयाँ, तोरीको साग २ प्रतिशतले घटेर ४४ रुपैयाँ, प्याज हरियो १५ प्रतिशतले घटेर २४० रुपैयाँ, च्याउ कन्य ३ प्रतिशतले घटेर १४६ रुपैयाँ, ब्रोकाउली १२ प्रतिशतले घटेर १४६ रुपैयाँ र खुर्सानी हरियो अकबरेको मूल्य १४ प्रतिशतले घटेर २७६ रुपैयाँ निर्धारण भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.