सोमबार, असार २,२०८२ 06:06:45
  • सोमबार, असार २,२०८२ 06:06:45
Global IME Bank Limited

निक्षेप संकलन ६४.५२ खर्ब पुग्दा कर्जा प्रवाह १ अर्बले बढ्यो,सिडी रेसियो केही घट्यो

Hyundai Nepal
निक्षेप संकलन ६४.५२ खर्ब पुग्दा कर्जा प्रवाह १ अर्बले बढ्यो,सिडी रेसियो केही घट्यो
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब रुपैयाँ बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ ५ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ५२ अर्ब पुगेको हो । भदौ ४ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६४ खर्ब ५२ अर्बबराबरको निक्षेप थियो ।  

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा स्थिर नै रहेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्य वित्तीय संस्थाको निक्षेपमा पनि कुनै परिवर्तन भएको छैन । भदौ ५ गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २७ अर्ब रहेको छ । यो अवधिमा कर्जा प्रवाह भने १ अर्बले बढेको छ । भदौ ४ गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ७३ अर्बबराबरको कर्जा प्रवाह भएकोमा भदौ ५ गतेसम्म ५१ खर्ब ७४ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ ।  

सीडी रेसियो ७८.८० प्रतिशतबाट घटेर ७८.७८ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत कायम छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.