मंगलवार, असार ३,२०८२ 08:27:59
  • मंगलवार, असार ३,२०८२ 08:27:59
Global IME Bank Limited

कुलमानलाई हटाउने सरकारको कुनै पनि योजना छैनः मन्त्री खड्का

Hyundai Nepal
कुलमानलाई हटाउने सरकारको कुनै पनि योजना छैनः मन्त्री खड्का
Nabil Bank Limited

काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताएका छन् । निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्ने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले कुलमानलाई सरकारसँग जोडेर अनेक प्रचारबाजी गरिएकामा चिन्ता व्यक्त गरे । ‘राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नुपर्छ, कुलमानले राम्रो काम गर्नुभएको छ, उँहालाई सरकारले हटाउनुपर्ने कुनै कारण छैन,’मन्त्री खड्काले भने ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्री खड्काले सबै नागरिक सम्पन्न हुँदा मात्र देश समृद्धि हुने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । मन्त्री खड्काले आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको विकास आवश्यक रहेकाले यसको विकासका लागि स्थानीयवासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।  

मन्त्री खड्काले भारतसँग १० हजार मेगावाट विद्युत ब्रिक्री भएको उल्लेख गर्दै बंगलादेशसँग यससम्बन्धी सल्लाह भइरहेको बताए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.